बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु

जनकपुरधाम : बसले मोटरसाइकललाई ठक्कर दिंदा सिरहामा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार शुक्रवार राति पुर्वपश्चिम राजमार्गअन्तर्गत कर्जनहा नगरपालिका-१० प्रयागपुर नजिक जनकपुरबाट पूर्वतर्फ आइरहेको ना ५ ख ५२४५ नम्बरको बसले ज ८ प ६४८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मृतक हुनेमा जन्ती गइरहेका धनुषाको सबैला नगरपालिका वडा नं. १३ बस्ने बर्ष १८बर्षीय सचिनकुमार महतो र पछाडी बस्ने २३ बर्षीय सुशील महतो छन् ।
मोटरसाइकललाई ठक्कर दिएर भाग्दै गरेको अवस्थामा बसलाईढल्केवरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए । बस र चालक दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको र मृतकको शवलाई पोष्टमार्टम पश्चात् परिवारजनको जिम्मा लगाइने डिएसपी श्रेष्ठले बताए ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_NZykBZ2I1R_cyhmgqvibnqrp3sjkjoyxumzfsthqschzuazkk5tg6vdfmplmldnsn8ejkim.jpg)
बुटवलमा महिलामाथि गोली प्रहार

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, २५७ घाइते

सञ्चारिकाको अध्यक्षमा पन्थी

दाल धेरै भयो ? पराठा बनाउने कि

विश्वभरका नेपाली सेफ काठमाडौँमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

प्रतिक्रिया