महिन्द्र मल्लको मृत्युपछि बन्द नभएको तलेजु भवानी यो दसैंमा बन्द !
काठमाडौं : हनुमानढोका दरबारस्थित तलेजु भवानीको मन्दिर यो दसैंमा सर्वसाधारणका लागि बन्द गरिएको छ । कोभिड-१९ संक्रमण जोखिमका कारण तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला नगरिएको हो ।
तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष अश्विन शुक्ल अर्थात महानवमीका दिन मात्र खोलिने गरिएको थियो । बडादसैंको नवमीको दिन मात्रै खोलिने भएकाले नवमीको दिन दर्शनार्थीहरुको भीड लाग्ने गर्दथ्यो ।
यसअघिका वर्षहरुमा नवमीका दिन दर्शनार्थीहरुले रातिदेखि नै लाइन बसी दर्शन गर्दै आएका थिए । तर, यस वर्ष कोभिड जोखिमका कारण भवानीको नित्य पूजा भए पनि सर्वसाधारणका लागि खुला नगरिएको तलेजू भवानी मन्दिरका मुल पूजारी उद्वमान कर्माचायले जानकारी दिए ।
सर्वसाधारणले वर्षमा एक पटक मात्र दर्शन गर्न पाउने तलेजु मन्दिरमा संक्रमणको जोखिम कम भएपछि एउटा शनिबार पारेर भक्तजनहरुलाई दर्शनका लागि खुला गर्ने योजना रहेको उनले बताए । त्यस्तै नेपाल संवत् ६९५ मा दसैंको दिनमा महिन्द्र मल्लको मृत्यु हुँदा तलेजु मन्दिर बन्द भएको र त्यसपछि यस वर्ष कोरोना संक्रमणको जोखिमकै कारण मन्दिर बन्द भएको उनले बताए ।
तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइए पनि भक्तालुहरुले भने बन्द मन्दिरको मूल ढोकामा पूजाआजा गरेका छन् । मनको मनोकांक्षा अर्थात भाकल पूरा हुने विश्वासमा तलेजु भवानीलाई पूजा गर्ने प्रचलन रहेको छ ।
मल्ल राजाहरुको इष्टदेवीकारुपमा रहेको तलेजु भवानीलाई कर्नाटवंशी राजा हरिहरसिंह देवले उपत्यकामा ल्याएका हुन् । सन् १३२५ मा भारतीय मुसलमान शासकले हरिहरसिंहको राज्य सिम्रौनगढमा आक्रमण गरेपछि आक्रमणबाट बच्न उनी देवीसहित भक्तपुर आएको इतिहासमा उल्लेख छ ।
सत्रौं शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपासा खेल्नेक्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएकी थिइन् । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजु भवानीले ‘वर्षको एकपटक महानवमीको दिनमात्र आउँछु’ भन्ने वचन दिएको किंवदन्ती रहेको छ ।
वसन्तपुरका साथै कीर्तिपुर, फर्पिङ, साँखु, ठिमी, चापागाउँ, नुवाकोट, दोलखा, बनेपा, पनौतीलगायत ठाउँमा पनि तलेजु भवानीको पूजा–आराधना गरिन्छ ।

बालेनले काठमाडौँ आएका शिक्षकलाई भनेः सबै मिलेर चेतनशील समाजको निर्माण गरौँ

अराजक गतिविधि र भीड नियन्त्रण गर्न बल प्रयोग गरेनौः केन्द्रीय प्रहरी प्रवक्ता आचा…

पाँच सय हेक्टर क्षेत्रफलमा नियन्त्रित डढेलो

भाटभटेनी लुट्नेहरूलाई कुट्ने सुरक्षागार्ड ५ लाखसहित सम्मानित

‘जडीबुटी कम्पनी चाँडै बौरिने छ’

दैनिक बिहान कागती पानी पिउनुहुन्छ ? ध्यान दिनुहोस् यी कुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया