नेपालमा थपिए २३२ जना कोभिड संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं : नेपालमा शनिबार थप २ सय ३२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । मुलुकभर ३५ सय ४१ जनामा कोभिड परीक्षण गर्दा थप २३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
शनिबारको संक्रमणको संख्या जस्तै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ । शनिबार थप ८ जना कोभिड संक्रमितको मृत्यु भएको हो । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै ३ सय ८६ जना उपचारपछि निको भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल ३ हजार ४५२ जना आइशोलेशनमा छन् भने १ सय ४७ जना क्वारेन्टाइनमा छन् । यस्तै, देशभर हाल १ सय ७३ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । नेपालमा हालसम्म २० लाख ३८ हजार ८ सय ४२ वटा पीसीआर गरिएको छ ।

लामखुट्टेले हैरान गर्यो ? यी चार घरेलु तरिकाले भगाउनुहोस्

नेपाललाई क्षयरोग मुक्त बनाउनुपर्छ : मन्त्री पौडेल

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

अत्यधिक गर्मीले हुनसक्छ लु , कसरी बच्ने ?

अब घरमा यसरी बनाउनुहोस गर्मी हटाउन सजिलैसँग ३ खाले माेजिताे
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौंः मन्त्री पौडेल

प्रतिक्रिया