आइपीएल अक्सन फेब्रुअरी १८ मा हुनसक्ने

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपीएल) को २०२१ सिजनको अक्सन फ्रेबुअरी १८ मा हुनसक्ने भारतीय न्यूज एजेन्सी पीटीआईले जनाएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) स्रोतको हवाला दिँदै आइपीएल अक्सनको मितिबारे दाबी गरेको हो ।
अक्सन मिति टुङ्गो लागे पनि अक्सन आयोजना गरिने स्थान भने यकिन नभइसकेको ती बीसीसीआई अधिकारीले पीटीआईलाई जानकारी गराएका छन् । त्यसो त आइपीएलको आउँदो संस्करण नै भारतमा हुने, नहुने टुङ्गो छैन ।
बीसीसीआई अध्यक्ष सौरभ गाङ्गुलीले आईपीएल सकेसम्म भारतमै आयोजना गर्न प्रयास गर्ने बताए पनि त्यसबारेमा कुनै निर्णय भइसकेको छैन । गत संस्करण कोभिड-१९ का कारण संयुक्त अरब ईमिरेट्स (युएई) मा खेलाइएको थियो ।
भर्खरै अस्ट्रलिया भ्रमणबाट फर्केको भारतयि क्रिकेट टिमले इंगल्यान्डलाई अर्को महिना घरेल भूमिमा स्वागत गर्दैछ । त्यस श्रृङ्खला सफलतापूर्वक सम्पन्न भए आईपीएल भारतमै आयोजना हुने सम्भावना बढ्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
आईपीएलको आउँदो संस्करणका लागि क्लबहरूले खेलाडी ‘रिटेन’ गर्ने म्याद जनवरी २० मै सकिएको छ भने खेलाडी खरिद बिक्री भने आउँदो फेब्रुअरी चार सम्मका लागि खुल्ला छ । अस्ट्रेलियाका स्टिभ स्मिथ र ग्लेन म्याक्सवेललाई राजस्थान रोयल्सले रिलिज गर्दा किंग्स इलेभेन पन्जाबले अनुबन्ध गरेको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया