आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

२४ घण्टामा ५ को मृत्यु, २८५६ जनामा संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जनामा कोभिड-१९ स‌ंक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा १२ हजार ३ सय ११ जनामा पीसीआर परीक्षण गरिएको थियो ।
मन्त्रालयको विवरण अनुसार कोभिडका कारण २४ घण्टामा पाँच जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो स‌ंक्रमणसँगै नेपालमा कुल संक्रमणको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । त्यस्तै मृत्यु हुनेको स‌ंख्या ८ सय ४७ पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ । संक्रमण मुक्त हुनेको संख्या भने १ लाख ११ हजार ६ सय ७० पुगेको छ ।