शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

चीनको त्यो रातो घर

सेनजेनभित्रको एउटा उदाउँदो क्षेत्र, जहाँ ‘टेनसेन्ट’ सहित धेरै प्रविधिसँग सम्बन्धित कम्पनीहरूका कार्यालयहरू छन् । त्यही टेनसेन्ट जो चीनकै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल ‘वि च्याट’ को अभिभावक कम्पनी हो। त्यसको ठिक अगाडि एउटा दुई तले भवन छ । जहाँ लेखिएको छ पार्टीलाई पछ्याउ र व्यापार गर् । लबीमा माओको बडेमानको शालिक उभिएको छ । र, छेउमा कम्युनिस्ट पार्टीकै अन्य नेताहरुको पनि । त्यहाँ आइपुग्ने प्रायः पाहुनाहरू शालिक अवलोकन नगरी सिधै माथिल्लो तलामा पुग्छन । त्यहाँ ‘कलिग्रफी’, ‘किक बक्सिङ’, ‘जुम्बा’लगायतका कक्षाहरू सित्तैमा लिइन्छ । साथै करिअर विकास अनि घर-घडेरी किनबेच सम्बन्धिका कक्षाहरू पनि ।

यहाँ बिर्सन नहुने तथ्य के हो भने हङकङ छेउमै रहेको सेनजेन संसारकै महँगो प्रोपर्टी मार्केट हो । त्यहाँ काम गर्ने कामदारहरुका लागि दिउँसोको समयमा फ्री मसाज उपलब्ध छ । ‘धेरै मानिसका लागि यहाँ पढाइने कम्युनिस्ट पार्टीको इतिहास पट्यार लाग्दो हुन सक्छ,’ त्यस सेन्टरमा काम गर्ने एक व्यक्तिले अनुभव सुनाए ‘बरु उनीहरू योगको कक्षाहरुमा रमाउँछन । र डिजिटल माध्यमबाट कसरी आफ्नो कारोबार सम्बन्धि सूचना सुरक्षित राख्ने भन्ने बारेमा लिइने कक्षाहरुमा पनि उपस्थिति बाक्लो हुन्छ । हामीले युवाहरूको लागि डेटिङ इभेन्ट पनि आयोजना गरेको थियौं, जहाँ १५ जनाले आफ्नो जोडी भेट्टाए ।’ सो भवन पार्टी कार्यकर्ताहरूका लागि सेवा उपलब्ध गराउने भवनका नाममा चर्चित छ। पछिल्ला वर्षहरूमा यस्ता भवन तथा सेवाहरू धेरै सहर, बजार अनि गाउँहरू सम्म बिस्तार भएका छन् । यस्ता भवनहरू आफ्नो पुर्वाधार तल्लो तहसम्म पुर्‍याउने कम्युनिस्ट पार्टीको महत्वपूर्ण प्रयास हो। मानिसलाई आवश्यक विविध सरकारी सेवा लिन टाढा पुग्नु नपरोस भन्ने हेतुले यस्ता केन्द्रहरू स्थापना गरिएका हुन् । सेनजेनमा यस्तो केन्द्रलाई सामाजिक सेवा केन्द्र भनिन्छ । त्यहाँ एक हजारभन्दा धेरै केन्द्रहरु स्थापना गरिएको छ । यस्तै एउटा केन्द्र सेनजेनको विमान स्थलमा पनि छ । जहाँ ‘काराओके’ देखि तीन हजार पाँच सयभन्दा बढी पुस्तक भएको पुस्तकालय छ । तर यी केन्द्रहरुको सरकारी सेवा अनि मनोरन्जनात्मक कक्षाहरु प्रदान गर्नु प्रमुख उद्देश्य भने होइन । तल्लो तहका कार्यकर्ताहरूलाई भेटघाट गर्न, राष्ट्रपति सीको विचारमाथिको छलफल गर्न र पार्टीको माथिल्लो तहबाट आउने निर्देशनबारेमा सूचना लिने स्थल बन्नु नै प्रमुख उद्देश्य हो । सन् १९८० र ९० को दशकमा सरकारद्वारा सञ्चालित धेरै संस्थाहरु बन्द भएपछि तल्लो तहमा उल्लेखित कार्यहरूका लागि स्थलको अभाव थियो ।

सी चिनफिङले सन् २०१२ मा राष्ट्रपति भएदेखि चिनफिङले तल्लो तहमा कम्युनिस्ट पार्टीको बलियो पकड हुनुपर्नेमा जोड दिँदै आएका छन् । विभिन्न राज्यहरुको भ्रमण गर्दा यस्ता केन्द्रमा पुग्न राष्ट्रपति सी छुटाउँदैनन् । गत जुलाईमा उत्तरपूर्वी सहर चाङचुन पुग्दा चिनफिङले माओलाई सम्झिँदै तल्लो तहमा पार्टीको पकड बलियो भए मात्र देशको व्यवस्था माथि हुने हमला परास्त गर्न सकिने भनाइ राखेका थिए । सेनजेन जस्तो सहरमा बस्ने प्रविधि मैत्री युवाहरुलाई पार्टीको विचारधाराप्रति तान्न यस्ता केन्द्रहरुको भूमिका उल्लेखीय रहन्छ । 

पछिल्ला वर्षहरूमा चिनियाँ कम्युनिष्ट पार्टीलाई निजी तथा गैरसरकारी क्षेत्रका संस्थाहरूमा पार्टी निकट संगठन बनाउन गाह्रो छैन् तर रुची देखाउनेको संख्या थोरै हुने गरेको छ । र ति मध्ये पनि धेरैका पार्टीको उच्च तहसँग सिधा सम्पर्क नहुने समस्या छ। त्यसकारण सेवा केन्द्रहरूले कम्युनिस्ट पार्टीको निकटमा रहेर काम गर्न चाहने संगठन र मानिसहरूलाई एकै छाना मुनि ल्याउनुका साथै आवश्यक परेको बेला परिचालन पनि गर्छ । कोरोना भाइरस (कोभिड-१९) जस्तो महामारीको अवस्थामा कार्यकर्ता परिचालन गर्ने काममा त झन यस्ता केन्द्रहरुको भूमिका महत्वपूर्ण हुन जान्छ । सेनजेन एयरपोर्टमा रहेको केन्द्रलाई रातो घर भनिन्छ । जसले एयरपोर्टमा ३० भन्दा धेरै थरीका काममा संलग्न १० हजार बढी कार्यकर्ताहरुलाई संगठित गर्छ । त्यस केन्द्रमा एउटा विशाल नाचघर छ र त्यसको ठ्याक्कै दुई गुना ठुलो बैठक सभा पनि । चिनियाँ सरकारका निम्ति यी पुर्वाधार विकास गर्न कम खर्चिलो भने छैन् । सेनजेन नजिकैको अर्को सहर, डोंगगुवानले पछिल्ला दुई वर्षमा एक सय नब्बे मिलियन युआन (नौ सय २८ मिलियन पाउण्ड) भन्दा धेरै खर्च गरेको छ । त्यस्तै तीन हजार किलोमिटर टाढाको जियाउगुवान सहर जो सेनजेन जस्तो धनी छैन्, उसले पछिल्लो पाच वर्षमा सोही प्रकारको रकम खर्च गरेको छ, यस्ता केन्द्रहरुको स्थापनाका निम्ति । यस्ता पुर्वाधार विकास नै धेरै जसो अवस्थामा स्थानीय अधिकारीहरूको कार्यकालको मूल्यांकन गर्ने कडी बन्न पुग्छ । सहरहरुले यस्ता केन्द्र स्थापनाका लागि न्युनतम क्षेत्रफलको निर्धारण गरेका हुन्छन् । सेनजेनमा ६५० वर्गमिटर न्युनतम क्षेत्रफल तोकिएको छ । तर स्थानीय अधिकारीहरु यो भन्दा बढी क्षेत्रफलमा पुर्वाधार बनाउँछन् । गुवानडोंग राज्य भरिमा सेनजेनको सबैभन्दा ठुलो केन्द्र छ । जसको कुल क्षेत्रफल आठ हजार वर्गमिटर रहेको छ ।

मानिसहरुमा पार्टी नेतृत्वप्रति विश्वास बढाउने र अर्कोमा भगवानप्रति । तर कतिपय अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीले नै केन्द्रहरुले सोचे जत्तिको काम गर्न नसकेको स्वीकार गर्छ । सन २०१८ मा चाइना डेलीले एक लेखमा धेरै केन्द्रहरू ‘एम्टीसेल’ जस्तै रहेको बताएको थियो ।

स्थानीय अधिकारीहरूका लागि यस्ता पूर्वाधार बनाउन बिशेष रुची हुनु राष्ट्रपति सी  चिनफिङको योजनासँग जोडिएको छ। सन् २०१२ मा राष्ट्रपति भएदेखि चिनफिङले तल्लो तहमा कम्युनिस्ट पार्टीको बलियो पकड हुनुपर्नेमा जोड दिँदै आएका छन् । विभिन्न राज्यहरुको भ्रमण गर्दा यस्ता केन्द्रमा पुग्न राष्ट्रपति सी छुटाउँदैनन् । गत जुलाईमा उत्तरपूर्वी सहर चाङचुन पुग्दा चिनफिङले माओलाई सम्झिँदै तल्लो तहमा पार्टीको पकड बलियो भए मात्र देशको व्यवस्था माथि हुने हमला परास्त गर्न सकिने भनाइ राखेका थिए । सेनजेन जस्तो सहरमा बस्ने प्रविधि मैत्री युवाहरुलाई पार्टीको विचारधाराप्रति तान्न यस्ता केन्द्रहरुको भूमिका उल्लेखीय रहन्छ । सहरका मानिसहरुलाई नयाँ व्यापार वा अन्य काम थाल्न आवश्यक सल्लाह सुझाव दिने, त्यो पनि सित्तैमा लगायतका कार्यहरु पार्टी विचारधारा प्रति सकारात्मक बनाउने उपाय नै हो । रायन म्यानुएल नाम गरेको संस्थाले नयाँ केन्द्रदेखि पश्चिमा देशहरुको चर्चसम्मको अध्ययन गर्छ । साथै सधै व्यस्त रहने पेशामा रहेका मानिसहरूका निम्ति खेलकुद कार्यक्रमदेखि रात्रि कक्षाहरुसम्म आयोजना गर्छ ।

यी दुवै कार्यहरुलाई तुलना गर्ने हो भने उद्देश्य समान भेटिन्छ । एउटामा मानिसहरुमा पार्टी नेतृत्वप्रति विश्वास बढाउने र अर्कोमा भगवानप्रति । तर कतिपय अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीले नै केन्द्रहरुले सोचे जत्तिको काम गर्न नसकेको स्वीकार गर्छ । सन २०१८ मा चाइना डेलीले एक लेखमा धेरै केन्द्रहरू ‘एम्टीसेल’ जस्तै रहेको बताएको थियो । त्यसैगरी कुन्मिङकी एक स्थानीय अधिकारीले आफ्नो लेखमा धेरै ठाउँहरुमा स्थापित केन्द्रहरु बाहिरबाट हेर्दा भव्य देखिए पनि भित्र भने खोक्रो रहेको प्रतिक्रिया दिएकी थिइन् । 'धेरै ठाउँहरुमा भवन रित्ता छन र जनताले सेवाको उपभोग गर्न पाएका छैनन्,' उनले लेखिकी थिइन । यद्दपि कम्युनिस्ट पार्टीलाई नयाँ भर्ति हुने कार्यकर्ताहरुको कमी छैन् । र, उनीहरुको सपथ लिने प्राय कार्यक्रमहरु यस्तै केन्द्रहरुमा आयोजना गरिन्छ । सन् २०१८ मा जम्मा १० प्रतिशत आवेदकहरुलाई मात्र चिनियाँ कम्युनिस्ट पार्टीमा प्रवेश गराइएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको करिब ९० मिलियन कार्यकर्ताहरु रहेको बताइन्छ । 'चिनियाँ कम्युनिस्ट पार्टी सबै चिनियाँ जनतासम्म पुग्न चाहन्छ । सदस्यता वितरणमा पनि समवेशिता होस भन्ने चाहन्छ । तर कार्यकर्ता बन्न आबेदन दिनेहरुको छनौटमा भने त्यति उदार रहँदैन,' प्लेनम नामक रिसर्च संस्थासँग आवद्ध फेंग चुचेंग भन्छन् । चिनियाँ कम्युनिस्ट पार्टी सेनजेनको प्रविधिसँग सम्बन्धित क्षेत्रमा काम गर्ने ठूलो जनसंख्यालाई पार्टीमा ल्याउन चाहन्छ तर पार्टीको निर्देशन अनुरुप चल्नुपर्ने  शर्तमा मात्र । (दि ईकोनोमिस्टबाट प्रबिनविक्रम कटवाल  अनुवादित)