क्वारिन्टिन नियम चित्त नबुझ्दा मुर्रेले अस्ट्रेलियन ओपन त्यागे

काठमाडौँ : बेलायती टेनिस खेलाडी एन्डी मुर्रेले यस पटकको अस्ट्रेलियन ओपन नखेल्ने निर्णय लिएका छन् । अस्ट्रेलियन सरकारको क्वारिन्टिन नियमले आफुलाई अंग्रेजी वर्षको पहिलो ग्रान्डस्लाम नखेल्न बाध्य बनाएको मुर्रेको भनाई छ । शुक्रबार विज्ञप्ती जारी गर्दै पाँच पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका मुर्रेले मेलर्बनको क्वारिन्टिन नियममा बसेर प्रतियोगिता खेल्न नसकिने स्पष्ट पारे ।
एक साता अघि कोभिड-१९ को संक्रमणमा परेका मुर्रे यसबेला चाटर्ड फ्लाइटबाट प्रतियोगिता आयोजना हुने सहर मेलबर्न पुगिसक्ने तालिका थियो । तीन पटक ग्रान्डस्लाम जितेका मुर्रेले अस्ट्रेलियन ओपनमा यस पटक भाग लिन नपाउँदा दुख लागेको बताए ।
‘यसपालीको अस्ट्रेलियन ओपनमा भाग लिन नपाउने खबर दिँदा मलाई दुख लागेको छ । म र अस्ट्रेलियन टेनिस संघबीच पटक पटक कुरा भयो । तर हामीले क्वारिन्टिनका विषयमा सहमति भएन,’मुर्रेले विज्ञप्तीमा भनेका छन्, ‘म टेनिस अस्ट्रेलियाका सम्पूर्ण अधिकारीलाई धन्यवाद भन्न चाहान्छु । अस्ट्रेलिया र अस्ट्रेलियन ओपन प्रतियोगिताप्रति मेरो सधैं स्नेह छ ।’ तीन साता ढिलो सुरु हुन लागेको प्रतियोगितामा सहभागी हुन आउने सम्पूर्ण खेलाडी तथा अफिसियललाई १४ दिनको अनिवार्य क्वारिन्टिनमा रहनुपर्ने नियम लगाइएको छ ।
मुर्रेलाई अस्ट्रेलियन ओपनमा वाइल्ड कार्ड प्रदान गरिएको थियो । जसको मद्दतले फेब्रुअरी आठबाट सुरु हुने प्रतियोगितामा उनले सिधैं प्रवेश पाउँथे । पूर्व विश्व नम्बर एक मुर्रे हाल विशव टेनिस वरियातामा एक सय २३ औ नम्बरमा छन् । लगातार हिपको दुई शल्यक्रिया गरेका कारण ३३ वर्षिय मुर्रे स्वभाविक खेल लयमा फर्कन संर्घषरत छन् ।
दुई पटक विम्बल्डन र एक युएस ओपन उपाधि जितेका मुर्रेले अस्ट्रेलियन ओपनको सन् २०२०, २०११, २०१३, २०१५ र २०१६ संस्करणको फाइनल यात्रा तय गरेका थिए । सन् २०१९ को संस्करण्मा भने उनी पहिलो चरणबाटै बाहिरिएका थिए । जुन प्रतियोगिता पछि मुर्रेले टेनिसबाटै सन्यास लिने बताएका थिए । तर हिपको दोस्रो शल्यक्रिया गराएपछि भने उनी पुन टेनिसमा फर्किए ।
अस्ट्रेलियन ओपनमा भाग लिने मनसाय बनाएका मुर्रेले जनवरीमै अमेरिकाको फ्लोरिडामा आयोजित डेलरे बीच ओपनमा सहभागी भएनन् । कोभिड-१९ संक्रमणको खतराबाट बच्ने र अस्ट्रेलियन ओपनको तयारीमा लाग्ने भन्दै मुर्रे फ्लोरिडा पुगेनन् । तर अन्तिममा आएर मुर्रेले अस्ट्रेलियन ओपनमा समेत भाग नलिने घोषणा गरे, जसले प्रतियोगिता आयोजकलाई निराश बनाएको बताइएको छ ।

गणेश थापामाथिको १० वर्षे प्रतिबन्ध फुकुवा, भन्छन्- अब फेरि फुटबलको विकासमा ला…

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

प्रतिक्रिया