‘फान्टम’ फिल्मबाट बाहिरिए कश्यप, मोटवाने र बहल

मुम्बई : ‘क्विन’, ‘लुटेरा’,‘उडता पञ्जाब’ जस्ता फिल्म बनाएको निर्माण कम्पनीबाट तीनै संस्थापक निर्देशक बाहिरिएका छन् । अनुराग कश्यप, विक्रमादित्य मोटवानी र विकास बल मिलेर स्थापना गरेको कम्पनीको सेयर तीनैजनाले बेचेका हुन् । तीनै निर्देशकको सेयर मधु मन्टेनाले किनेका हुन् ।
कम्पनीमा प्रत्येकको १२.५ सेयर थियो । निर्माण तथा वितरण गर्ने उद्देश्यले खोलिएको कम्पनी २०११ मा स्थापना भएको थियो । सन् २०१५ मा कम्पनीको आधा सेयर रिलायन्स इन्टरटेनमेन्टले किनेको थियो । सन् २०१८ को अक्टोबरमा ‘क्विन’ निर्देशक विकास बलमाथि यौन हिंसा गरेको आरोप लागेपछि निर्देशकको टिम इतरबितर भएको थियो ।
तीनै जनाले एक अर्कासँग काम नगर्ने घोषणा गरेका थिए । तर, रिलायन्सको आन्तरिक छानविन कमिटीले उनलाई निर्दोष घोषणा गरेको थियो । अब कम्पनीमा मधु मन्टेनाको म्याड मेन पिक्चर्सको ५० प्रतिशत र रिलायन्सको ५० प्रतिशत सेयर रहनेछ ।
तीन निर्देशकले एक अर्कासँग काम नगर्ने घोषणा गरे पनि भर्खरै मात्र अनुराग कश्यप र विक्रमादित्य मोतवानेले सहकार्य गरेका थिए । भर्खरै नेटफ्लििक्समा रिलिज भएको फिल्म ‘एके भर्सेज एके’मा अनुरागले विक्रमादित्य मोतवानेको निर्देशनमा काम गरेका थिए ।

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

प्रतिक्रिया