बारमा चार पूर्वअध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै भने : राजतन्त्रमासमेत सत्तापक्षद्वारा यसप्रकारको निर्लज्ज प्रहार भएको थिएन
काठमाडौँ : नेपाल बार एसोसिएसनका ४ पूर्वअध्यक्षहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले माघ ९ गते आफ्नो दलका पेसा व्यवसायीहरूको भेलामा अभिव्यक्त गरेको विचारप्रति आपत्ति जनाएका छन् ।
बारका पूर्वअध्यक्षहरू हरिहर दहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीका सबभन्दा जेष्ठ सदस्य वरिष्ठतम अधिवक्ता बारका पूर्वअध्यक्ष कृष्णप्रसाद भण्डारीको घोर अपमान र मानमर्दन गरेका उल्लेख गरेका छन् ।
उनीहरूको विज्ञप्तिमा भनिएको छ, ‘यो समस्त कानुन व्यवसायमाथि कै सत्तापक्षद्वारा गरिएको निर्लज्ज प्रहार हो भन्ने हाम्रो निश्कर्ष रहेको छ ।’
प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन बहस गर्न, के तमासा गरेको हो यौ ? वकिलले कुरा फिट्या फिट्यै छन् ढुक्क हुनुहोस प्रतिनिधि सभा पुनस्र्थापना हुँदैन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।
पूर्वअध्यक्षहरूले मुलुकको कार्यकारी प्रमुखका यस्ता अभिव्यक्ति कानुन व्यवसायीमाथिको प्रहार भएको बताएका छन् । ‘प्र.म का अभिव्यक्तिले संविधानद्वारा संरक्षित कानुन व्यवसायमाथि नै धावा बोलिएकोले लोकतन्त्रका पहरेदार कानुन व्यवसायीमाथिको यो प्रहारलाई मुक दर्शक भएर सहन गर्न नसकिने भएकोले यो विज्ञप्ती प्रकाशित गरिएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।
उनीहरूले कानुन व्यवसायमाथि राजतन्त्रमा पनि यस्तो प्रहार नभएको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘२०१३ साल देखि संस्थागत स्वरूप ग्रहण गरेको कानुन व्यवसायलाई तमासा देखाएको भनि राजतन्त्रकालमासमेत सत्तापक्षद्वारा यस प्रकारको निर्लज्ज प्रहार भएको थिएन,’ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया