सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तारमा सकस

धनगढी : सुदूरपश्चिम प्रदेशमा झण्डै एक महिनादेखि दुई मन्त्रालय मन्त्रीविहिन छन् । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई साथ दिएको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए भने आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिएका थिए ।
नेकपा (दाहाल–नेपाल समूह) को सरकार रहेको प्रदेशमा मन्त्रिपरिषद् विस्तारको कसरत भइरहेको छ । मन्त्रीविहिन रहेका दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न मुख्यमन्त्री भट्ट छलफलमा जुटेका छन् । तर मन्त्रीका आकांक्षी धेरै भएकाले भट्टलाई नयाँ मन्त्री नियुक्त गर्न सकस परेको छ ।
नेकपाले भौतिक पूर्वाधार विकास मन्त्रीमा तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना मन्त्रीमा मानबहादुर धामीलाई नियुक्त गर्ने चर्चा चलेको छ । तर उनीहरूको नियुक्तिपछि अन्य प्रदेशसभा सदस्यहरू रुष्ट भएर समूह परिवर्तन गर्ने त होइनन् भन्ने डर दाहाल–नेपाल पक्षलाई छ ।
नेकपाले सुदूरपश्चिममा आफ्ना सांसदहरूलाई जोगाउन प्रदेश सरकारमा मन्त्रालय र मन्त्रीको संख्या थप्ने तयारीसमेत गरेको दाहाल-नेपाल समूहका एक नेताले बताए । उनले भने, ‘मन्त्रालय टुक्र्याएर मन्त्रीको संख्या थप्ने र राज्यमन्त्री थप्ने विषयमासमेत पार्टीमा छलफल भइरहेको छ । तर मन्त्रालय थप्दा संघीय सरकारले कर्मचारी नदिने आँकलन पनि गरिएकोले तत्काल मन्त्रालय नटुक्रयाउन पनि सुझाव आएको छ ।’ मुख्यमन्त्री भट्टले भने प्रदेश मन्त्रिपरिषद् छिट्टै विस्तार हुने बताए । ‘हामी छलफलमा जुटेका छौ । छिट्टै नियुक्ति हुनसक्छ ।’
सुदूरपश्चिम प्रदेशसभामा नेकपा दाहाल–नेपाल समूहको स्पष्ट बहुमत छ । तर मन्त्रिपरिषद्मा नपरेकाहरूले समूह परिवर्तन गर्न सक्ने भयले विस्तारको काममा ढिलाइ भइरहेको छ ।

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
_JWCEZT7Km1_rrqi8tk3zkgqlknaxqqn0r9ovakdepaabie62k1duhgpnltyevd0lpqgu7jt_LVnM0FQvFf_ovulwcw85xb5dl9lri0qcgviglu8w5qct5ywrfnps60szh1eshgrio9oqb0e.jpg)
९७ वर्षमा नागरिकता

प्रतिक्रिया