प्रतिनिधि सभा पुनर्स्थापना भए पनि राजनीतिक समस्या समाधान हुन्न : ठाकुर

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि राजनीतिक समस्या समाधान नहुने बताएका छन् । सत्तारुढ नेकपाका राजनीतिक समस्या समाधान नहुने उनको भनाइ छ ।
आइतबार जनता समाजवादी पार्टी र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच पार्टी एकिकरण घोषणा कार्यक्रममा ठाकुरले प्रतिनिधि सभा पुनर्स्थापना भए पनि नेकपा कानुनी रूपमा विभाजित नभएको अवस्था भएकोले सत्ता नेकपाकै हातमा जाने र यसले समस्याको समाधान नगर्ने ठाकुरले बताए ।
कार्यक्रममा अर्का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक परिवर्तनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको बताए । संघीयता, गणतन्त्र, समावेशिताजस्ता मुद्दाहरूलाई समाप्त पारी मुलुकलाई पछाडी धकेल्ने प्रयास भएको भएकाले परिवर्तनलाई संस्थागत गर्नुपर्ने आवश्यकता उनको भनाइ छ । प्रतिनिधि सभा विघटनको कदमलाई खारेजी गर्नु नै प्रतिगमनलाई परास्त गर्नु उनले बताए ।
वरिष्ठ नेता राजेन्द्र महतोले संविधान र शासन पटक-पटक बदलिए पनि विचार र व्यवहार नबदलिएका कारण देशमा प्रतिगमन हुने गरेको धारणा राखे । कम्युनिष्ट र कांग्रेसले देशलाई गोलचक्करमा फसाएको आरोप उनको छ ।
जनता समाजवादी पार्टी र नेपाल लोकतान्त्रिक पार्टी (शिवलाल थापा मगर समूह)बीच आइतबार पार्टी एकता घोषणा भएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया