धनुषामा मोटरसाकल दुर्घटना, एक जनाको मृत्यु

जनकपुरधाम : धनुषाको कमला नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतवार साँझ कमला नगरपालिका २ माचि झिटकैयामा हुलाकी राजमार्गमा मोटरसाइकको ठक्करबाट स्थानीय ५६ वर्षीय गोपाल यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ । यादको घटनास्थलमै मृत्यु भएको हो।
पश्चिमबाट पूर्वतर्फ गईरहेको प्रदेश–२–०२–००१ त ३१२६ नम्बरको मोटरसाइकलले ठक्करदिएको ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरीक्षक हृयेन्द्र रोकायाले बताए ।
कमला नगरपालिका वडा नं. ३ लगमा बजारस्थित लागेको दुर्गा मेला हेरेर आफ्नो घरतर्फ आइरहेको क्रममा यादवलाई विपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिएको थियो ।
घटनामा ठक्कर दिने मोटरसाइकलमा बसेका सुजित मण्डल समेत घाइते भएका छन् । दुईजना सवार रहेको सो मोटरसाइकलमा मण्डल घाइते भएपछि अन्य एकजना मोटरसाइकल लिएर फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक रोकायाका अनुसार घाइते मण्डललाई उपचारका लागि अस्पताल पुर्याइएको छ भने मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल-भारत सुरक्षा अधिकारीको बैठक : अपराध नियन्त्रणमा शून्य सहनशीलताको सहमति

मधेस प्रदेशका सांसद कुशवाहा निलम्बित

वीरगञ्जमा सवारी दुर्घटना, दुईको मृत्यु, एक घाइते

रौतहटमा लुटपाटमा संलग्न लुटेरा पक्राउ, भागेकाको खोजीकार्य जारी

कवीर दिवसमा १५ जोडीको दाइजोमुक्त विवाह

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

लहानमा बेच्न राखिएका आँप विषादीरहित

प्रतिक्रिया