पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली दाङ जाँदै

काठमाडौं : पुल उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदैछन् । दाङ देउखुरीको राप्ती नदीमा बनेको पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लागेका हुन् ।
राप्ती गाउँपालिकाको सिसहनिया र गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती नदीको पुलको शिलान्यास तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका थिए । करिब एक अर्ब लागतमा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको थियो ।
८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको यो पुल नेपालकै दोस्रो लामो हो । सबैभन्दा लामो पुल भने बर्दियाको कोठियाघाटस्थित कर्णाली नदीमा छ । जसको लम्बाइ १ हजार १५ मिटर छ ।
प्रधानमन्त्री ओलीले राप्ती पुलको उदघाटन गरेपछि राप्ती गाउँपालिकाको लालमटियामा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम पनि छ । भेलालाई मुख्यमन्त्री शंकर पोखरेलले पनि सम्बोधन गर्नेछन् ।
मुख्यमन्त्री र प्रधानमन्त्रीले सम्बोधन गर्ने भएकाले ब्यानरमा ओलीसँगै मुख्यमन्त्री पोखरेलको पनि फोटो राखिएको छ ।

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

प्रतिक्रिया