दाहाल-नेपाल समूहले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम, काठमाडौँमा फेरि शक्ति प्रदर्शन गर्ने

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले माघ २८ गते काठमाडौँमा फेरि शक्ति प्रदर्शन गर्ने भएको छ । नारायणकाजी श्रेष्ठ नेतृत्वको संघर्ष समितिले सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी तेस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २८ गते लाखौँ जनतासहित शक्ति प्रदर्शन गर्ने घोषणा गरेको हो ।
गएको शुक्रबार मात्रै काठमाडौँमा एक लाख बढी कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेको दाहाल नेपाल समूहले ओलीको प्रतिगमनविरुद्ध निर्णायक आन्दोलन भन्दै २८ गते विशाल सभासहित शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो ।
‘प्रतिनिधि सभा पुनःस्थापना नभएसम्म आन्दोलन जारी राख्छौ’ संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले पत्रकार सम्मेलनमा भने, ‘यसअघि दुई चरणका कार्यक्रम सकेर अब निर्णायक आन्दोलन गर्छौ ।’
संघर्ष समितिले माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक पनि गरेको छ । १३ गते काठमाडौँमा सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना दिने दाहाल–नेपाल समूहको कार्यक्रम छ ।
यस्तै १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने भएको हो ।

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

पार्टी सदस्यवाट मलाई बञ्चित गराउनु पर्ने कुनै कारण छैन्ः भण्डारी

मेरो मुल्य मान्यता र निष्ठा बिचलित भएको छैन्ः भण्डारी

पार्टी निर्माणमा सहभागी हुन एमाले कार्यकर्तासमक्ष भण्डारीको आब्हान (प्रेस बिज्ञप्त…
%2520copy_EH5pI3r0VR_hbj9qa4xxyrbjpmzk9nfrqp1bdp34uhjxdtegapwzrwsnplduragizehmyhg_0SA3IdynJR_ztgw1ku0opqrmgm9auns6vddafahvptf1cnvlaciq8cm05vkgbi1rkgzjvzd.jpg)
प्रधानमन्त्री ओलीद्वारा तराई-मधेसको सुक्खा क्षेत्रको अवलोकन
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया