सुदूरपश्चिममा कोभिडविरुद्धको खोप लगाउन १० वटा केन्द्र

सुदूरपश्चिम : सुदूरपश्चिममा कोभिड-१९ विरुद्धको खोप लगाउनका लागि १० वटा केन्द्र तोकिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले १० वटा खोप केन्द्र तोकेका हो । कैलालीमा दुई र बाँकी ८ जिल्लामा एक/एक खोप केन्द्र तोकिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार कैलालीको सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
‘प्रदेशका बाँकी ८ वटा जिल्लामा जिल्ला अस्पताललाई खोप केन्द्र तोकिएको छ,’ कार्कीले भने, ‘संघीय सरकारले सुदूरपश्चिमका लागि १६ हजार २ सय ९३ जनालाई पुग्नेगरी कोभिड भाइरस विरुद्धको खोप पठाएको छ । १४ गतेदेखि खोप लगाउन सुरु गर्छौँ ।’ मंगलबारसम्म खोप सुदूरपश्चिम पुग्ने बताउँदै कार्कीले १८ गतेभित्रै खोप लगाईसक्ने जानकारी दिए ।
प्रदेश सरकारले प्रदेशका सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकालाई प्राथमिकतामा राखेर खोप लगाउने जनाएको छ । सुदूरपश्चिममा अहिलेसम्म एक लाख ३५ हजारको कोभिड परीक्षण भएकोमा १३ हजार ९ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ । १२ हजार चार सय ८१ जना कोभिडमुक्त भएका छन् ।

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया