कृष्ण पहाडीसहित २६ जना बालुवाटारबाट प्रहरी नियन्त्रणमा

काठमाडौं : प्रधानमन्त्रीले संविधान मिचेर प्रतिनिधि सभा विघटन गरेको विरोधमा बालुवाटारमा प्रदर्शन गरेको नागरिक समाजको समूहलाई प्रहरीले धरपकड गरेको छ । प्रदर्शनमा उत्रिएका अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेको भन्दै उनीहरुमाथि धरपकड गरेको हो ।
प्रदर्शनबाट प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनीलाई पक्राउ गरेको छ ।
त्यस्तै रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य सहित २६ जनालाई पक्राउ गरेको हो ।

मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

ठमेलमा पटक-पटक गुण्डागर्दी गर्ने ‘सानुभाइ’ भनिने युवराज गुरुङ ठमेलबाटै पक्राउ

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

प्रतिक्रिया