१६ अंकले बढ्यो सेयर बजार
ठुला कम्पनीको सेयरमा सामान्य करेक्सन, सात समूहका परिसूचक घट्यो

काठमाडौं : सेयर बजार सुचक नेप्से परिसूचक १६ अंकले बढेको छ । ठुला कम्पनीको सेयर मापन गर्ने सेन्सिटिभ सुचक सामान्य अंकले घटेपनि नेप्से बढेको हो ।
सोमबारको कारोबारमा नेप्से ० दशमलव ६६ प्रतिशतले बढेर २४४० दशमलव ८७ बिन्दूमा पुगेको छ । कारोबार हुने १२ समूहमध्ये सात वटा समूहको परिसूचक घटेका छन् । सेयर बजारलाई बढाउन बैंकिङ, ट्रेडिङ, निर्जीवन बीमा, म्युचुअल फन्ड र अन्य समूहले पहल गरे ।
सबैभन्दा बढी ट्रेडिङ समूहको परिसूचक वृद्धि भयो । ३ प्रतिशतले बढेको यो समूहको परिसूचक २९८४ बिन्दूमा पुग्यो ।
६ कम्पनीको सेयरमा उच्च वृद्धि रह्यो । नागरिक लगानी कोषको सेयर मूल्यमा ३ सय ७९ अंकले वृद्धि भएर सकारात्मक सर्किट लागेको थियो ।
८ अर्ब ९० करोड कारोबार
सोमबार बजारमा ८ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ७२ हजार ७ सय ७३ पटकको कारोबार १ करोड ९२ लाख कित्ता बराबरको सेयर किनबेच भएको छ ।
यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स, नबिल बैंक र एनसीसी बैंको सेयरमा उच्च कारोबार भएको छ । ६० करोड ३७ लाख रुपैयाँ बराबर किनबेच भएको नेपाल लाइफको सेयर मूल्य प्रति कित्ता २ हजार ८ सय ४९ रुपैयाँ पुगेको छ ।

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

प्रतिक्रिया