मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

प्रधानमन्त्री ओलीले दाहाललाई भने : सिङ फुक्लिसकेको तिल्के गोरुको फाँ, फू

फाइल तस्बिर

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाललाई सिङ फुस्किसकेको तिल्के गोरु भनेर कटाक्ष गरेका छन् । दाङमा भएको सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘धेरै फुर्तिफार्ति गर्ने तिल्के गोरु एक दिन बहरसँग जुधेपछि सिङ भाँचिएर हिँडे जस्तै भयो, यी तिल्केहरु पनि त्यस्तै हुन्,’ उनले भने, ‘यिनले फाँ फू गर्छन् यिनले (दाहाल) पनि फाँ फू गर्छन् तर, यिनका सिङ फुक्लिसके । उनीहरुसँग त अशान्ति मच्चाउने क्षमता पनि छैन ।  यिनीहरूले केही गर्न सक्दैनन्, धाक धक्कु नलाए हुन्छ । तिघ्रा नठटाए हुन्छ, खुट्टा भ्याट भ्याट नगरे हुन्छ ।’ 

ओलीले शाकाहारी आन्दोलन भनेर दाहालले धम्क्याइरहेको आरोप पनि लगाए । ओलीले अदालतप्रति भरोसा छ भन्नेले नै आफ्नो पक्षमा फैसला भएन भने शान्ति प्रक्रिया डिरेल हुन्छ भनेर किन भनेको भन्दै प्रश्न पनि गरे । ओलीले तोकिएकै समयमा निर्वाचन हुने भन्दै त्यसको तयारीमा लाग्न सुरक्षा निकायलाई निर्देशन पनि दिए ।  

ओलीले दाहाल नेपाल समूहले देशलाई असफल बनाउन खोजेको आरोप पनि लगाए । ‘उनीहरू बैठकमा नआएर निर्वाचन आयोग गएर हामी नै आधिकारिक हौँ भने । दश दिनपछि गएर फेरि हामीले दाबी गर्नै पर्दैन भने त्यसपछि पनि गएर निर्वाचनको तयारी नगर्न भने,’ उनले भने, ‘केही मानिसहरू सरकारलाई असफल बनाउन लागेका छन् । पार्टी फुटाउन लागेका छन् । म असफल भएर केही हुँदैन । देश असफल हुनुहुँदैन ।’ 

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उपराष्ट्रपति यादव

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य १५ निर्णय

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे

प्रधानमन्त्री ओली विकास सम्मेलनमा सहभागी हुन स्पेनको मेड्रिड पुगे