चेल्सीले लाम्पार्डलाई हटायो

काठमाडौँ : प्रिमियर लिग क्लब चेल्सीले प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । सोमबार प्रेस विज्ञप्ती जारी गर्दै चेल्सीले लाम्पार्डलाई प्रशिक्षकको जिम्मेवारीबाट हटाएको जानकारी दिएको हो ।
१८ महिना अघि चेल्सीको जिम्मेवारी सम्हाल्न स्टाम्फोर्ड ब्रिज पुगेका लाम्पार्ड पछिल्लो आठ खेलमध्ये पाँचमा हार बेहाेर्दा दबाबमा थिए । चेल्सीकै पूर्व खेलाडीसमेत रहेका लाम्पार्डलाई यस सिजन उपाधी जित्ने लक्ष्यका साथ सरुवा बजारमा ठूलो बजेट खर्च गर्न दिइएको थियो । तर टिमो बारनर र काई हार्बट्स जस्ता प्रतिभाशाली खेलाडी भित्र्याए पनि चेल्सीले अपेक्षाकृत प्रदर्शन गर्न सकेन ।
बेलायती सञ्चार माध्यमका अनुसार केही साता अघि पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बर्खास्तीमा परेका जर्मन प्रशिक्षक थोमस टुचेलले लाम्पार्डको स्थान लिने बताइएको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया