महिला लिगमा चन्द्रपुरको फराकिलो जित

काठमाडौँ : काठमाडौँमा जारी राष्ट्रिय महिला लिग फुटबलमा रौतहटको चन्द्रपुर नगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकामाथि फराकिलो ७-१ को जित दर्ता गरेको छ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा चन्द्रपुरलाई लिगको पहिलो जित दिलाउन सविता राना मगरले ह्याट्रिक गरिन् ।
चन्द्रपुरले रवाफिलो जित हासिल गर्दा दिल कुमारी मगरले दुई गोल गरिन् भने रजनी थोकरले एक गोल थपिन् । त्यस्तै पराजित चौदण्डीगढीका लागि अन्जना थुलुङले एक गोल फर्काइन् ।
खेलमा चौदण्डीगढीले अन्जनाको गोलबाट २३ औ मिनेटमा अग्रता लिएपनि त्यसपछिको अवधिमा सम्हालिन सकेन । चन्द्रपुरका लागि दिल कुमारीले पहिलो हाफको अन्त्यमा गोल फकाइन भने रजनीले दोस्रो हाफको ४७ औ मिनेटमा रौतहटको टोलीलाई अग्रता दिलाइन् । दोस्रो हाफमा चन्द्रपुरले थप गोल गर्यो । सविताले विजयी टिमका लागि ५१ औ, ६९ औ र ७८ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । त्यस्तै, दिल कुमारीले इन्ज्युरी समयमा चन्द्रपुरको सातौं गोल गरिन् ।
पहिलो खेलमा शसस्त्र प्रहरीको एपीएफसँग निरिह देखिएको चन्द्रपुरका प्रशिक्षक नुरराज काफ्लेले खेलपछि चौदण्डीगढी आफू भन्दा कमजोर टिम भएकाले जित निकालन ग्राहे नभएको बताए । ‘हामीले आज आक्रमक खेल खेल्यौ । विपक्षी टिमसँग अनुभवी खेलाडी नभएकाले पनि हामीलाई जित दर्ता गर्न सहज भयो । एपीएफसँग हामी मानसिकरुपमा कमजोर देखिएको थियौं । आजको अवस्था फरक थियो ।’ प्रशिक्षक काफ्लेले भने ।
उता पराजित चौदण्डीगढीका प्रशिक्षक दिपक थापाले आफ्ना खेलाडीहरुले निरन्तर गल्ती गरेको बताए । ‘हामीले धेरै गल्ती गर्यौ । अनि खेलाडीबीच तालमेल पनि देखिएन ।’ थापाले भने । चौदण्डीगढीको यो प्रतियोगितामा लगातार दोस्रो हार हो । अघिल्लो खेलमा नेपाल पुलिस क्लबसँग पनि फराकिलो हार व्यहोरेको चौदण्डीगढी लिगमा अंक विहिन छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया