मानव अधिकारकर्मी ६ घण्टादेखि खुला चौरमा
प्रहरीले बेवास्ता गर्दा चिसोले आत्तिए अधिकारकर्मी

काठमाडौं : नागरिक समाजको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रधानमन्त्री निवास बालुवाटारअघि विरोधमा उत्रिएका नागरिक अगुवामाथि प्रहरीले लाठी चार्जसँगै पानीको फोहोरा प्रहार गरेको हो ।
कमलपोखरीको माटो लगाएर सुरु भएको प्रदर्शन बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । झडपमा केही प्रदर्शनकारीहरू घाइते भएका छन् । प्रदर्शनमा कवि, लेखक, कलाकार, संगीतकर्मी एवं नागरिक अभियन्ताको सहभागिता थियो । प्रहरीले मानव अधिकार तथा शान्ति समाजका २६ जनालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबको खुल्ला चौरमा राखेको छ ।
‘२६ जनालाई प्रहरीले बालुवाटारबाट बिहान १२ः३० तिर गिरफ्तार गरेको हो,’ गिरफ्तारमा परेकामध्येका नागरिक अगुवा उत्तम पुडासैनीले भने, ‘हामीलाई खुला चौरमा राखेको छ । अहिलेसम्म प्रहरीको कुनै जिम्मेवार अधिकारी आएको छैन । जुनियर अधिकारीहरुसँग कुरा गर्दा अझै अध्याँरो भएको छैन भनेर गैरजिम्मेवारी उत्तर आउँछ । कम्तिमा व्यवस्थित ठाउँमा लगेर राख भनेर हामीले भनेको कसैले सुनेन ।’ त्यस्तै महेन्द्र पुलिस क्लबको खुला चौरमा रहेकी अर्की उमा गौतमले पनि खुला चौरमा बस्दा चिसोले समस्या भएको बताएकी छन् । उनले पनि प्रहरीले कतै व्यवस्थित ठाउँमा लगेर राख्न माग गरिन् । खुला चाैरमा मानव अधिकारकर्मी कृष्ण पहाडीलगायत छन् ।

मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

ठमेलमा पटक-पटक गुण्डागर्दी गर्ने ‘सानुभाइ’ भनिने युवराज गुरुङ ठमेलबाटै पक्राउ

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

प्रतिक्रिया