श्रीलंकाविरुद्धको टेस्ट श्रृङ्खला इंग्ल्याण्डलाई

काठमाडौँ : श्रीलंकासँगको दुई खेलको टेस्ट क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जितेको छ । गालेमा दोस्रो तथा अन्तिम टेस्ट ६ विकेटले जित्दै इंग्ल्याण्डले दुई खेलको श्रृङ्खला २-० ले जितेको हो ।
श्रीलंकाले दिएको १ सय ६४ रनको लक्ष्य इंग्ल्याण्डले ४ विकेट गुमाएर भेट्टायो । इंग्ल्याण्डको जितमा दोस्रो पालीमा डम सिब्लीले नटआउट ५६ र जोस बटलरले नटआउट ४६ रन बनाए ।
श्रीलंकाका लसिथ इमबुल्डेनियाले ३ विकेट लिए । यसअघि श्रीलंका दोस्रो पालीमा १ सय २६ रनमै अलआउट भएको थियो । उसका लसिथ इमबुल्डेनियाले सर्वाधिक ४० रन जोडे ।
इंग्ल्याण्डका डम बेस र ज्याक लिचले चार चार विकेट लिए । पहिलो पालीमा ३ सय ८१ रन जोडेको श्रीलंकाले इंग्ल्याण्डलाई ३ सय ४४ रनमै अलआउट गरेको थियो । श्रीलंकाका लागि एन्जोलो म्याथ्युजले शतक बनाउँदा इंग्ल्याण्डका लागि कप्तान जोय रुटले शतक बनाए ।
रुटले पहिलो टेस्टमा दोहोरो शतक बनाएका थिए ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया