विवाहमा दुई सय बढी मानिस सहभागी भएपछि बेहुलीलाई १३ हजार डलर जरिवाना

लन्डन : बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको लण्डनबाट प्रकाशित इभ्निङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले आइतबार उल्लेख गरेको छ।
विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको छ । प्रहरीले आफूहरूलाई स्थानीय वासिन्दाले विवाहमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उल्लङ्घन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो ।
विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोनाभाइरस नियन्त्रण कानून अनुसार जरिवाना हुनसक्ने बताइएको छ । पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ, “यो घटना कोभिड–१९ कानुनको जानाजानी उल्लङ्घन भएको र यसका कारण सङ्क्रमणको फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिवाना गर्न सिफारिस गरिएको छ ।”
विवाहमा २०० भन्दा बढी मानिस सहभागी भएका कारण यसले सामाजिक दूरीकायम नगरेको देखिएकोले जरिवानाका लागि सिफारिस गरिएको उनको भनाइ छ ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु
तीव्र हावाहुरीले उत्तर चीन प्रभावित : सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
चीनको नयाँ उपलब्धि : विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

जब प्रेमीले सुटकेशभित्र हालेर ब्वाइज होस्टेलमा प्रेमिका ल्याए

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने बिदेशी नागरिकलाई सजाय हुने

टर्कीएमा थप ९३ प्रदर्शनकारी विद्यार्थी रिहा

प्रतिक्रिया