युवक हत्याका चार जना अभियुक्त १५ वर्षपछि पक्राउ

धनगढी : धनगढीका २५ वर्षीय युवकको हत्यामा संलग्न भनिएका चार जना १५ वर्षपछि पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–६ जाली गाउँ बस्ने २५ वर्षीय दुःखराम चौधरीको हत्याका चार जना आरोपितलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो ।
धनगढी उपमहानगरपालीका–६ जाली बस्ने ३५ वर्षीय सियाराम चौधरी, ३३ वर्षीय टेकुवा भन्ने टिकाराम चौधरी, ३१ वर्षीय सुनिल भन्ने कालुराम कुमाल र ३३ वर्षीय तारा भन्ने ताराप्रसाद चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
विष्टका अनुसार २०६२ साल साउन ११ गते राति २५ वर्षीय चौधरी बेपत्ता भएका थिए । १२ गते बिहान धानको खेतबारीमा उनी मृत फेला परेका थिए । उनको हत्या भएको भन्दै चार जनाबिरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएकोमा उनीहरू १५ वर्षदेखि फरार थिए ।
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया