ट्राफिक व्यवस्थापनलाई सहज बनाउन स्वयंसेवक परिचालन

काठमाडौँ : ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ट्राफिक स्वयंसेवक परिचालन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल स्काउटको सहकार्यमा नेपाल स्काउटका १०० जना युवाहरूलाई ट्राफिक स्वयंसेवक बनाइ मंगलबारदेखि परिचालन गरिएको हो ।
ट्राफिक व्यवस्थापनमा कमजोर तथा अस्तव्यस्त भएका ठाउँहरूमा स्वयंसेवक परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
स्वयंसेवकहरूले पैदल यात्रु तथा सवारी चालकहरूलाई ट्राफिक सम्बन्धी जनचेतना फैलाउने भएकाले ट्राफिक व्यवस्थापनमा सहजता आउने उनले बताए । स्वयंसेवकको उपयोगिता र सफलता हेरेर आगामी दिनमा परिचालन बढाउँदै लैजाने योजना रहेको उनले बताए ।
नेपाल स्काउटका आयुक्त लोकबहादुर भण्डारीले स्वयंसेवकहरूले नागरिकलाई तोकिएको स्थानबाट बाटो काट्न सिकाउने बताए । ट्राफिकले प्रवाह गर्ने जनचेतनामुलक सन्देशहरू प्रवाहमा स्काउटले सहकार्य गरेको पनि उनले बताए ।
सडक दुर्घटना तथा विपतबाट बच्न तथा कुनै पनि संकटबाट बचाउन नागरिकलाई जनचेतना अभिवृद्धि गर्न नेपाल स्काउटले सधैँ सहकार्य गर्ने उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशसभाबाट स्थानीय सेवाको गठनसम्बन्धी विधेयक पारित

नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छः स्व…

‘कञ्चनजङ्घा आरोहणले दुई देशबीचको सम्बन्ध थप बलियो’

तीन दलको निष्कर्ष: राजावादीका नाममा भएको गतिविधि राजनीतिक रुपमा संयमतापूर्व…

वामपन्थी एकतासहित समाजवाद कार्यान्वयनमा जोड

गृहमन्त्रीले राजीनामा दिनुपर्ने माओवादीको माग कायमै

विज्ञापन बजारको विकास र विस्तारलाई प्राथमिकतामा राख्छु : नवनियुक्त अध्यक्ष हुमा…

प्रतिक्रिया