मंगलबारको बहस सकियो, मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुध्द सर्वोच्च अदालतमा परेका रिटमा जारी बहस मंगलबारका लागि सकिएको छ । मंगलबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्तात्रय शम्भू थापा, सुरेन्द्र महतो र शेरबहादुर केसीले बहस गरे ।
बहसका क्रममा वरिष्ठ अधिवक्ता थापाले नेपालको संविधान अनुसार प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने व्यवस्था नरहेको बताए। थापाले इजलासमा न्यायाधीशको संख्या थपेर वृहत इजलासबाटै मुद्दाको टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए । जवाफमा प्रधानन्यायाधीश राणाले भने ठाउँ र भौतिक पूर्वाधार अभावमा थप्न नसकिने बताएका थिए ।
यसअघि रिट निवेदकले वृहतपूर्ण इजलासमै मुद्दाको सुनुवाइ गर्नुपर्ने माग गरेका थिए । झण्डै एक महिना लामो बहसपछि प्रधानन्यायाधीश राणाले संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ गर्ने आदेश दिएका थिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते दर्जन बढी रिट निवेदन सर्वोच्चमा दर्ता भएका थिए ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया