आकासिएको सेयर बजारमा १७ अंकको गिरावट, कारोबार ८ अर्ब बढी

काठमाडौं : लगातार बढिरहेको सेयर बजारमा पहिरो गएको छ । सेयर बजार सुचक नेप्से परिसुचक १७ अंकले घटेको हो । घटेपछि नेप्से दुई हजार ४ सय २३ दशमलव ०९ बिन्दूमा पुगेको छ ।
कारोबारमा आएका १२ समूहका परिसूचकमध्ये दुई समूह मात्रै बढेका छन् । होटल र फाइनान्स समूहको परिसुचक बढेको हो ।
ट्रेडिङ समूहमा ३ प्रतिशतले पहिरो गएपछि नेप्से परिसुचक प्रभावित बनेको छ । डेभलपमेन्ट बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स समूहमा उच्च अंकले गिरावट आएको छ ।
नेप्से परिसूचक ओरालो लाग्दा चार कम्पनीमा भने उच्च अंकले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था, प्रभु लाइफ इन्स्योरेन्स, युनाइटेड फाइनान्स र इभरेस्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर सेयरमा ९ प्रतिशतभन्दा बढी अंकले वृद्धि भएको छ ।
सेयर बजार ओरालो लाग्दा पनि कारोबार ८ अर्बभन्दा बढी नै पुगेको छ । ६३ हजार ८ सय १७ पटकको कारोबार १ करोड ९६ लाख कित्ता सेयर किनबेच भएको छ ।लाभांश लिने अन्तिम दिन नेपाल लाइफ इन्स्योरेन्सको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको किनबेच भएको छ ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया