नेपाल लाइफको सेयरमा लगानीकर्ताको घुइचो
डेढ अर्ब रुपैयाँको सेयर किनबेच, लाभांश सुरक्षित गर्न खरिदमा चाप

काठमाडौं : लाभांश सुरक्षित गर्ने अन्तिम दिन नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ । मंगलबार १ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
कम्पनीले ५१ प्रतिशत लाभांश घोषणा गरेको थियो । इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात माघ १४ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्दैछ। सोही कारण मंगलबारसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
इन्स्योरेन्सले ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ २८ गते साधारण सभा डाकेको छ। यसका साथै, सो सभाले स्टक स्प्लीटको प्रस्ताव पनि पारित गर्नेछ ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया