बलात्कार आरोपमा भाइरल अर्जुन पक्राउ

धनगढी : कैलालीकी एक युवतीलाई चार वर्षसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको भजनी नगरपालिका–४ कि एक युवतीलाई ४ वर्षसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा घोडाघोडी नगरपालिका-२ साँडेपानी बस्ने २४ वर्षीय छित्ता भन्ने अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टका अनुसार विकले ति युवतीलाई काठमाडौँमा बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप छ । साउन १५ गते युवतीलाई कोठामै राखेर विक फरार भएको जाहेरीपछि विकलाई पक्राउ गरिएको विष्टले बताए । उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले माघ ८ गते काठमाडौस्थित तिनकुनेबाट पक्राउ गरेको हो ।
पक्राउ परेका विक केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएका थिए । आफ्नो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बाँधेर बोक्दै ठेला गुडाएको अर्जुनको फोटो भाइरल भएको थियो । सरु सुनारले खिचेको त्यो तस्बिरले धेरैको मन तानेको थियो ।
अर्जुनले सुनाएको एकोहोरो कथामा विश्वास गरेर युट्युब च्यानलहरूले उनलाई निकै साथ दिएका थिए । श्रीमतीले छोडेर गएपछि आफूले दुई वर्षको बच्चालाई सधैं यसैगरी पिठ्युँमा बोकेर रिक्सा चलाउने गरेको उनको भनाइ थियाे ।
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया