बिहीबार २१ चैत, २०८१
Thursday, April 03, 2025

एनआईसी एशियाको डेबिट कार्ड लिन अनलाईनबाटै आवेदन

काठमाडौं : एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको सुरु गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।

ग्राहकहरूलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी ख्भचषथ गरेपछि डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ ।  त्यसपछि  ग्राहकले आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ ।