प्रदेश १ मा कृषि व्यवसाय सशक्तिकरणका लागि सहजको दोस्रो चरण शुरु

विराटनगर: प्रदेश १ को भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयले स्वीस विकास सहयोग नियोग (एसडीसी) सँगको सहकार्यमा नेपालमा कृषि बजार विकास कार्यक्रमको दोस्रो चरण शुरुवात गरेको छ । विराटनगरमा एक कार्यक्रमका बीच उक्त सहज परियोजनाको दोस्रो चरणको घोषणा गरिएको छ । यसलाई स्वीस कन्ट्याक्ट र सिप्रेड (सेन्टर फर इन्भायरोमेन्टल एण्ड एग्रीकल्चरल पोलीसी रिसर्च, एक्सटेन्सन एण्ड डेभलपमेन्ट)ले कार्यान्वयन गर्दैछन् । यो परियोजना नोभेम्बर २०२४ सम्म सञ्चालन हुनेछ र परियोजनाले प्रदेश १ मा कृषि व्यवसाय तथा सेवामा नवप्रवर्तनका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
कृषि बजार विकास परियोजनाको दोस्रो चरणको उद्घाटन कार्यक्रमका सहभागीहरूले फरवार्ड मार्केट लिंकेज (उत्पादनको बजार) तथा कृषि उत्पादनको प्रशोधनमार्फत् गुणवत्ता अभिवृद्धिसहित निर्यातले कृषिको व्यावसायिकरण हुनसक्ने धारणा राखेका छन् ।
प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले प्रदेश १ मा कृषिको व्यवसायीकरणमा यो परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘यहाँ धेरै कृषि उत्पादनको निर्यात सम्भावना रहेको छ, निर्यात अभिवृद्धिले उत्पादन विकास र रोजगारी सिर्जनालाई सहयोग पुर्याउने हुँदा प्रदेश १ को आर्थिक–सामाजिक विकासमा परियोजनाले योगदान गर्नेछ,’ उनले भने । मन्त्री मगरले परियोजनालाई आवश्यक सहजीकरणका लागि सरकार प्रतिवद्ध रहेको पनि बताए ।
एसडीसीका कार्यक्रम व्यवस्थापक कोरले ब्लुनरले परियोजनाको निरन्तरताले तरकारी, मकै, अलैंची तथा डेरी उद्योगको मूल्य श्रृंखला विकास र निर्यातमा समेत सहयोग गरेको उल्लेख गर्दै यो चरणमा प्रदेश १ का साना–मझौला व्यवसायलाई नवप्रवर्तनमा सहयोग गर्ने बताए । उनले नेपाली महिलाहरू र युवाहरूलाई रोजगारी तथा स्वरोजगारमार्फत उच्च आयआर्जनको अवसर सिर्जना गरी समावेशी आर्थिक विकासको आधार निर्माण गर्ने उल्लेख गरे ।
यो परियोजना सन् २०२० को डिसेम्बरमा नेपाल सरकार र स्वीस सरकारबीच सहमति भएपछि शुरु भएको हो । समग्र कृषि क्षेत्रको व्यावसायीकरणका लागि यसका अभ्यासहरू अन्यत्र पनि अनुसरण गर्न सकिने प्रदेश १ सरकारले उल्लेख गरेको छ ।

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

प्रतिक्रिया