नेकपा र सूर्य चिन्ह 'फ्रिज' हुने
दल दर्ताका लागि आह्वान गर्दै निर्वाचन आयोग

काठमाडौँ : विभाजित सत्तारुढ दल नेकपा कुन चाहिँ ‘आधिकारिक’ हो भन्ने टुंगो नलाग्दै निर्वाचन आयोगले दल दर्ताका निम्ति सूचना आह्वान गर्ने भएको छ । सरकारद्वारा घोषित चुनाव समयमै हुने परिस्थिति भएमा नेकपा र सूर्य चिन्ह फ्रिज हुने लगभग निश्चित देखिएको छ । नेकपा विवादका कारण सुस्त क्रियाकलापमा सीमित आयोगले रणनीति फेर्दै अघि बढ्न खोज्दैछ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ‘दल दर्ताका निम्ति सूचना आह्वान गर्ने अन्तिम तयारी’मा पुगको जानकारी दिए । ‘निर्वाचन प्रयोजन निम्ति दल दर्ताका प्रक्रियामा आयोग अघि बढेको छ’ प्रमुख निर्वाचन थपलियाले इकागजसँग भने, ‘अब आयोगले छिट्टै निर्वाचन कार्यक्रमको पूर्ण तालिका र आचार-संहिता लागू गर्ने प्रक्रिया प्रारम्भ गर्छ ।’
आयोग अब नेकपा विभाजनभित्र नअल्झने र रणनीति फेर्दै अघि बढ्ने तयारीमा लागेको हो । आयोगले दश-बाह्र दिनको म्याद दिँदै सूचना सार्वजनिक गर्ने तयारी गरेको छ । दल दर्तासम्बन्धी सूचना राजपत्रमा प्रकाशित गरेपछि मात्रै आधिकारिक हुन्छ ।
सत्तारुढ नेकपाको दुई समूहको आधिकारिकता सवाल के हुन्छ भन्ने चाहिँ अन्यौलपूर्ण छ । आयोगको केही दिनअघिको निर्णयअनुरुप नेकपा विभाजनले वैधानिकता पाएन । आयोगले विवाद सिर्जना हुनुअघिको नेकपा मात्र वैधानिक हुने ‘प्रशासनिक निर्णय’ दिइसकेको छ ।
त्यो निर्णयबाट पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाइसकेको छ । दाहाल-नेपाल समूहले प्रस्ट र नांगो रुप रुपमा नै बहुमत देख्दादेख्दै आयोगले आधिकारिता नदिएको जिकीर लिइरहेको छ । यतिखेर दुवै समूहका नेताहरु कानुन व्यवसायीसहित निर्वाचन आयोग धाइरहेका छन् । आयोगले विवाद भएको महिनासम्म कानुनी प्रक्रियाअनुरुप आधिकारिकता दाबीमा नआएको र आयोगले समस्या पार्नुको कुनै औचित्य नभएको जवाफ दिँदै आएको छ ।
आयोगका पदाधिकारीहरु भन्छन्, ‘उनीहरुलाई प्रारम्भदेखि दल विभाजनसम्बन्धी प्रावधानअनुरुप आउन आग्रह गरियो । तर उहाँहरु कानुनी बाटो समाउनुभएन । यतिखेर त्यसको दोष आयोगलाई दिइँदैछ । आयोगलाई अनियन्त्रित अधिकार प्राप्त छैन । आयोगलाई प्राप्त कानुनी अधिकारमै सीमित हुनुपर्ने हुन्छ ।’
आयोगको निर्णयअनुरुप अब केपी शर्मा ओली र पुष्पकमल दाहालको हस्ताक्षर चल्ने पार्टीलाई मात्र आधिकारिक ठान्नेछ । त्यो प्रक्रिया पूरा गरेको खण्डमा मात्र नेकपा दर्ता हुन्छ । त्यसरी नआएको खण्डमा आयोगले प्रक्रिया नपुगेको भन्दै निर्वाचन प्रयोजन निम्ति दर्ता गर्नेछैन । त्यसपछि स्वतः नेकपा दल, झण्डा, छाप, चिन्ह फ्रिज हुन पुग्छ ।
आयोगकै पुराना नजिरमा, विवादित र प्रक्रिया नपुगेको दल हुन सक्दैन । कुनै नयाँ दल दर्ता गर्ने हो भने सात दिनभित्र आऊँ भन्न सक्छ । त्यसमा आयोगले उनीहरुको पुरानो नाम, चिन्ह, छाप चाहिँ फ्रिज गर्छ । त्यसमा कानुनी व्यवस्था भन्द पनि आयोगले विशेष निर्णय गरी त्यो अवसर दिन सक्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया