भ्रष्टाचार अवधारणा सूचकाङ्क बिहीबार सार्वजनिक हुँदै

काठमाडौँ : ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई)ले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) बिहीबार सार्वजनिक गर्दैछ । काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रान्सपरेन्सी इन्टरनेशनलले सीपीआई सार्वजनिक गर्न लागेको हो ।
भ्रष्टाचारको मात्रा मापन गर्ने प्रमुख सर्वेक्षणको रुपमा विश्वभरी नै सीपीआईलाई लिने गरिन्छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष नेपाल सहित विश्वका अधिकाश देशको भ्रष्टाचारबारेको अवधारणा सूचकाङ्कमार्फत सार्वजनिक गर्दै आएको छ ।
गएको बर्ष टीआईले सार्वजनिक गरेको सीपीआईमा नेपाल ११३ औँ स्थानमा छ । नेपालमा सबैभन्दा धेरै भ्रष्टाचार राजनीतिक एवं नीति निर्माण तहबाट भइरहेको प्रतिवेदन ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेपछि त्यसलाई नेपाल सरकारले अस्वीकार गरेको थियो ।
नोट : भोलि हुनुपर्नेमा आज भएकाले सच्याइएको छ- सम्पादक

सम्पादकसहित पाँच जनाविरूद्ध मुद्दा

आयल निगमका गण्डकी प्रदेश प्रमुखलगायतलाई भ्रष्टाचार मुद्दा

टेलिकमकी प्रबन्ध निर्देशक पहाडी बिरूद्द भ्रष्टचारको मुद्दा

अग्नी सापकोटाको मुद्दामा सर्वोच्चको एकपटक तीनवटा आदेश

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

एक करोड बढी राजस्व छलीको आरोपमा मुद्दा दायर

आफताब आलमले पाए सफाइ

प्रतिक्रिया