कोभिड विरुद्धको खोप अभियान सुरु

काठमाडौँ : कोभिड-१९ विरुद्धको खोप अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजित विशेष कार्यक्रममा कोभिड १९ विरुद्धको खोप अभियानको उदघाटन गरेका हुन् ।
प्रधानमन्त्रीले अभियान उद्घाटन गरेलगत्तै टेकु अस्पतालमा पहिलोपटक स्वास्थ्यकर्मीले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी र प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले पहिलोपटक खोप लगाएका हुन् । उनीहरुले यसअघि नै खोप लगाउने घोषणा गरेका थिए ।
टेकु अस्पतालमा आजै चार सय बढी ‘फ्रण्टलाइनर’ले खोप लगाउँदै छन् । आजदेखि सुरु भएको कोभिड-१९ विरुद्धको खोप पहिलो चरणमा आजदेखि देशका विभिन्न खोप केन्द्रमार्फत लगाइदैछ । भारतले अनुदानमा दिएको दश लाख डोज ‘कोभिशिल्ड’ खोप लगाउन लागिएको हो ।

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

प्रतिक्रिया