नारायणी डेभलपमेन्ट बैंकको हकप्रद खुल्यो

काठमाडौं : नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गरेको छ । एक कित्ता सेयर बराबर नयाँ एक कित्ता साधारण सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।
चुक्ता पुँजी रकम ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँको १:१ कित्ता साधारण सेयरको अनुपातमा सेयर धनीहरूलाई ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद सेयर निष्कासन गरेको बैंकले जानकारी दिएको छ ।
यस डेभलपमेन्ट बैंकको अधिकृत पूँजी ५३ करोड रुपैयाँ छ । जसलाई प्रति सेयर एक सय रुपैयाँका दरले जम्मा ५३ लाख कित्ता साधारण सेयरमा विभाजन गरिएको छ । बैंकको जारी पूँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रुपैयाँ छ ।
चुक्ता पूँजी छ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ छ । पुस २० मा नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको थियो । बुधबारदेखि खुलेको हकप्रद फागुन ३ गतेसम्म आवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया