सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

पोखरीमा भेटियो दाजुभाइको शव

सिरहा : सिरहामा दाजुभाइको शव एक पोखरीमा फेला परेको छ ।  जिल्लाको नरहा गाउँपालिका ३ खोरिया टोलका गुलजार शेखका १० वर्षीय छोरा अनजार र ८ वर्षीय छोरा एहसानको शव पोखरीमा तैरिरहेको अवस्थामा सोमबार साँझ फेला परेको हो।

सिरहा प्रहरीले दिएको जानकारी अनुसार सोमवार दिउंसो करीब अढाई बजेदेखि बेपता रहेको ती दुवै दाजुभाइको शव घरदेखि करिव ७÷८ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैका डिएसी सन्तुलाल जयसवालले माछामार्ने वा नुहाउन क्रममा दाजुभाइ पोखरीमा डुबेको वा कसैले हत्या गरेर फालेको हुनसक्ने आशंका गरे। घटनाकोबारेमा थप अनुसन्धान भइरहेको उनले बताए।