गोरो बनाउने क्रिमको विज्ञापन गर्दा पछुतो

मुम्बई : प्रियंका चोपडाले बलिउडमा सक्रिय रहँदा थुप्रै ब्रान्डको विज्ञापन गरिन् । यसमा पनि गोरो बनाउने क्रिमको संख्या ज्यादा थियो । उनले अनुहार गोरो बनाउने थुप्रै क्रिमको विज्ञापन गरिन् । तर, आज भने उनलाई त्यसो गरेकोमा पछुतो छ ।
‘अनुहार उज्यालो पार्ने क्रिम लगाउनु दक्षिण एसियामा सामान्य मानिन्छ । यसको विज्ञापन हामी सबैले गर्यौँ । तर, यसो गरेकोमा मलाई पछुतो छ,’ उनले भनेकी छिन् ।
प्रियंकाले सानो उमेरमा काली भएका कारण आफूले गोरी बन्न गर्ने प्रयत्नको बारेमा पनि बताएकी थिइन् । स्कुलमा आफूलाई धेरैले काली भन्ने गरेकोले टालकम पाउडर दल्ने गरेको पनि उनले बताएकी थिइन् ।
प्रियंका यतिबेला ग्लोबल आइकन बनेकी छिन् । बलिउड छाडेर हलिउडमा काम गर्न थालेकी उनले भर्खरै लन्डनमा ‘टेक्स्ट फर यु’ सुटिङ सकाएकी छिन् भने उनको छोटो भूमिका रहेको ‘दि ह्वाइट टाइगर’ भर्खरै नेटफ्लिक्समा रिलिज भएको छ । प्रियंका यो फिल्मकी निर्माता पनि हुन् । प्रियंकाले निर्माण कम्पनी खोलेर भाषाभाषीका फिल्म पनि बनाएकी छिन् । सिक्किममा बनेको ‘पाहुना’ प्रियंकाको पेब्बल पिक्चर्सले बनाएको हो ।

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रकृतिमा परेको प्रभाव देखाउने कला प्रदर्शनी

नेटफ्लिक्समा आउँदैछ विश्वमा तहल्का मच्चाउने वेभ सिरिज

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_JrLh5DMFMp_zq5wvizcjs3estmecnwf983bxwmruiall31pws6mj6fifw3kyer62jfm2lht.jpg)
प्रतिक्रिया