कर्णालीमा तीन जना चिकित्सकले खोप लगाएर सुरु गरे अभियान

सुर्खेत : कर्णालीमा बुधबारदेखि कोभिड-१९ विरुद्धको खोप अभियान सुरु भएको छ । प्रदेश अस्पताल र स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक एंव कोभिड–१९ खोप व्यवस्थापनका संयोजकले एकै पटक खोप लगाएर अभियानको शुभारम्भ गरेका हुन् । प्रदेश अस्पतालमा गरिएको खोप शुभारम्भ कार्यक्रममा कर्णालीका तीन जना डाक्टरले एकै पटक खोप लगाएर अभियान शुभारम्भ गरेका हुन् ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्का, प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का र कोभिड–१९ खोप व्यवस्थापनका संयोजक एंव बाल रोग विशेषज्ञ डाक्टर नवराज केसीले एकै पटक खोप लगाएका छन् ।
खोपको शुभारम्भ कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले नागरिकमा खोपप्रतिको शंकालाई स्वास्थ्यकर्मीले चिर्नुपर्ने बताए । कोभिड–१९ महामारीको पहिलो खोप अभियान शुभारम्भ भएकाले यसपछि सबै नागरिकलाई खोप उपलब्ध गराइने भण्डारीले बताए ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक खड्काले खोपप्रति नागरिकको भ्रम चिर्नको लागि संयुक्त रुपमा आफूहरूले नै खोपको शुभारम्भ गरेको बताए । ‘यो खोपको सम्पूर्ण प्रक्रियाहरू पूरा भएर आएको हुँदा यसमा ढुक्क भएर लगाउनुभए हुन्छ’ उनले भने, ‘नागरिकहरूलाई विश्वास दिलाएर अभियानमा सहभागी गराउने उद्देश्यले हामीबाटै अभियानको सुरुवात गरेका हौ ।’
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकका अनुसार आठ वटा जिल्ला अस्पतालका साथै वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल, मेहेलकुना अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी सामुदायिक अस्पताल पश्चिम रुकुमलाई केन्द्र बनाएर कोभिड–१९ विरुद्धको खोप शुभारम्भ भइसकेको बताए । कर्णालीका १२ अस्पताललाई केन्द्र बनाएर खोप लगाइने उनले जानकारी दिए ।
कर्णालीका हिमाली जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि नेपालगञ्जबाट हवाइमार्ग तथा अन्य जिल्लामा सुर्खेतबाट स्थलमार्गबाट खोप पुगेको छ । पहिलो चरणमा करिब २४ हजार खोप आइपुगेको र पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने निर्देशक खड्काको भनाइ छ । प्रदेशको सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम डोल्पामा खोप पठाइएको खड्काले बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालयले पहिलो चरण अन्तरगत स्वास्थ्यकर्मी, सरसफाइकर्मी, संक्रमितको शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालाई खोप दिइरहेको छ । कर्णालीका १० जिल्लामा झण्डै १२ हजार खोप आइपुगेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कर्णालीमा हालसम्म सात हजार चार सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जसमध्ये २९ जनाको मृत्यु भइसकेको छ ।

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

प्रतिक्रिया