ब्राजिलियन मिडफिल्डर ओस्कारले दिए ब्रुएना र सलाहले चेल्सीमा मौका नपाउनुको कारण

काठमाडौँ : हाल चिनियाँ सुपर लिग (सीएसएल) खेलिरहेका ब्राजिलियन मिडफिल्डर ओस्कारले चेल्सीमा केभिन डे ब्रुएना र मोहम्मद सलाहले मौका नपाएको बारे आफ्नो धारण राखेका छन् । सन् २०१२ देखि २०१७ सम्म चेल्सीमा रहेका ओस्कारले ब्रुएना र सलाहसँग लन्डन क्लबमा खेलेका थिए ।
चेल्सीमा पर्याप्त मौका नपाएका ब्रुएना र सलाह हाल म्यानेचस्टर सिटी र लिभरपुलका महत्वपूर्ण खेलाडी रहेका छन् । चेल्सीले उनीहरुमाथि धैर्यता नराखेको बारेमा पटक पटक बहस हुँदै आएको छ । ओस्कारका अनुसार ब्रुएनाले स्थिर प्रदर्शन गर्न नसकेको र सलाहसँग आत्मविश्वास नभएकाले उनीहरूले चेल्सीमा अपेक्षाकृत मौका नपाएको बताए । उल्फसबर्ग हुँदै सिटी पुगेका बुएनाले पूर्वी म्यानचेस्टर क्लबलाई दुई लिग उपाधि जित्न सहयोग गरेका छन् । उता सलाहले लिभरपुलका लागि एक सय ८० खेलमा एक सय १३ गोल गरिसकेका छन् ।
‘चेल्सीमा ब्रुएना र हाजार्ड सम्मिलत मिडफिल्ड प्रयोग गर्ने योजना थियो । कतिपय खेलमा प्रयोग गरियो र सफल पनि भयो । पछि उनी घाइते भए जसले गर्दा उनको स्थान सुरक्षित भएन । चेल्सीमा त्यसबखत धेरै मिडफिल्डर थिए । त्यसैले पनि उनले पाउने मौका सिमित भयो । फेरी उनको लय पनि अस्थिर थियो ।’ सांघाईका लागि दुई सय तीन खेल खेलिसकेका ओस्कारले भने ।
ओस्कारले सलाह अभ्यासमा उत्कृष्ट रहने गरे पनि खेल दौरान भने प्रभावकारी नभएको धारणा ब्यक्त गरे । ‘सायद उनीसँग आत्मविशवास थिएन । उनी मैदानमा लजालु देखिन्थे । तर लिभरपुलमा उनी फरक छन् । आत्मविश्वाससाथ खेलिरहेका छन् । खेलाडीहरूले कतिपय अवस्थामा दबाब थेग्न सक्दैनन् । हुनसक्छ चेल्सीमा सलाहले दबाब थेग्न सकेनन्,’ सलाहका बारेमा ओस्कारको धारणा थियो ।
ओस्कारले चेल्सीका पूर्व प्रशिक्षक जोसे मौउरिन्होले आफुलाई स्टामफोर्ड ब्रिजमा राम्रो खेल्न सधैं प्रेरित गरेको पनि बताए । ‘मौउरिन्हो विश्वकै उत्कृष्ट प्रशिक्षकमध्येका एक हुन् । उनले मलाई चेल्सीमा धेरै सहयोग गरेका हुन् । उनी आफ्ना खेलाडीहरुलाई आत्मविश्वास दिइरहेका हुन्छन् ।’

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया