ट्रान्सजेन्डर अन्जली लामा हलिउड फिल्ममा

काठमाडौं : भारतमा मोडलिङ गरिरहेकी ट्रान्सजेन्डर अन्जली लामाले हलिउड फिल्ममा अभिनय गर्ने भएकी छिन् । महिलाको विषयवस्तुमा आधारित रही बन्न लागेको फिल्ममा उनले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँगै अभिनय गर्न लागेकी हुन् ।
चारवटा भिन्न कथा जोडेर बन्न लागेको यो फिल्मको नाम ‘सेयरिङ अ राइड’ राखिएको छ । यो कथालाई लीना यादवले निर्देशन गर्न लागेकी हुन् । डेडलाइनलले यो फिल्मको बारेमा जानकारी दिँदै फिल्ममा ६ भाग रहने र फिल्ममा विभिन्न देशका महिला निर्देशकको सहभागिता रहने जनाएको छ । फिल्मको सुटिङ इटली, भारत र अमेरिकामा हुनेछ । ड्रामा, कमेडी, डकु ड्रामा र एनिमेसन आदि विधाका यी फिल्ममा सबै कलाकार महिला हुनेछन् ।
अन्जली लामा सन् २०१७ देखि भारतमा बसेर मोडलिङ गरिरहेकी छिन् । उनले भारतका प्रतिष्ठित फेसन सो, ‘ल्याक्मे फेसन विक’ सँगै थुप्र्रै फेसन सोमा सहभागिता जनाएकी छिन् भने नेपालका डकुमेन्ट्रीमेकर मोहन राईले उनको जीवन कथालाई समेटेर ‘अन्जली’ शीर्षकको डकुमेन्ट्री बनाएका छन् । नुवाकोटमा नविन वाइबाको रुपमा जन्मिएकी अन्जली भारतका सबै फेसन पत्रिकाको कभरमा फिचर्ड भइसकेकी छिन् ।

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रकृतिमा परेको प्रभाव देखाउने कला प्रदर्शनी

नेटफ्लिक्समा आउँदैछ विश्वमा तहल्का मच्चाउने वेभ सिरिज

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_JrLh5DMFMp_zq5wvizcjs3estmecnwf983bxwmruiall31pws6mj6fifw3kyer62jfm2lht.jpg)
प्रतिक्रिया