२ हजार ७२५ जनाको पीसीआर परीक्षण, ५७० मा कोभिड संक्रमण पुष्टि

काठमाडाैं : नेपालमा मंगलबार थप ५ सय ७० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा थप ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा मंगलबार राखिएको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा थप २ सय ५२ जनामा कोभिड देखिएको छ । संक्रमित मध्ये ९७ महिला र १ सय ५५ पुरुष संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा २ सय २५ जना, भक्तपुरमा ४ जना र ललितपुरमा २३ जना कोरोना संक्रमति थपिएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ८ सय ७६ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार मंगलबार थप ३ हजार १ सय ६८ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म १ लाख १८ हजार ८ सय ४३ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४० हजार ६ सय ८१ जना रहेको छ ।
हाल क्वारेन्टाइनमा २ हजार ९ सय ३२ जना छन् । नेपालमा हालसम्म १४ लाख ६ सय ९४ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा जम्मा २ हजार ७२५ वटा पीसीआर परीक्षण भएका छन् ।

सेनाको ‘हायर कमाण्ड तथा म्यानेजमेन्ट’ तालिम सम्पन्न

कर्णाली विकास बैंक घोटाला प्रकरणमा पशुपति दयाल मिश्र पक्राउ

मङ्गलाका किसानलाई एक सय ८२ थान मिनिटेलर, मिल र थ्रेसर वितरण
असार १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना

स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलद्वारा 'एसजीमुन ४.०' आयोजना गर्दै

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

देशका अधिकांश भागमा वर्षा हुने

प्रतिक्रिया