तीन कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं : बुधबार तीन कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडको ३ लाख ८४ हजार ४८८ कित्ता बोनस सेयर, फर्स्ट माइक्रोफाइनानस लघुवित्त वित्तीय संस्थाको ७ लाख ६० हजार ७०४ दशमलव ५४ कित्ता र सिटीजन्स बैंक इन्टनेसनलको ७२ लाख ७१ हजार ८५३ दशमलव ८३१८ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
ती तीनै कम्पनीको बोनस सेयर हितग्राही खातामा आएपछि सेयरधनीले किनबेच गर्न सक्नेछन् । साल्ट ट्रेडिङ कर्पोरशनले मंसिर ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको २५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको थियो ।
फर्स्ट माइक्रोफाइनान्सले मंसिर १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ५० प्रतिशत बोनस सेयर र सिटीजन्स बैंकले ८ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

प्रतिक्रिया