डोटीमा ११ सय ग्राम सुन र साढे १७ लाख नगद बरामद

कैलाली : डोटी प्रहरीले एक किलो भन्दा बढी सुन र साढे १७ लाख नगद बरामद गरेको छ । केआईसिंह गाउँपालिका–६ भिताणीमा लुकाएर राखिएको सुन र १७ लाख ४७ हजार नगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले नगद बोकेर तराई जाने क्रममा वृद्ध महिला काली भुललाई पक्राउ गरिएको बताए । उनकाअनुसार सोधपुछका क्रममा घरमा ठूलो परिणाममा सुन रहेको खुलेपछि घरबाट ११ सय ग्राम सुन बरामद गरिएको हो ।
प्रहरीका अनुसार भारतमा मजदुरी गर्दै आएका एक व्यक्तिले भदौमा ठूलो परिणाममा सुन पठाएका थिए । तर सुन पठाउने ब्यक्ति गाउँमा छैनन् । सुन अन्य ब्यक्तिले पनि बाँडेर लिएको हुनसक्ने आशंका गरिएको छ ।
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया