सिटिजन्स बैंक कर्पोरेट पे प्रणालीमा जोडियो सिटिजन्स बैंक

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच कर्पोरेट पे प्रणालीको कार्यान्वयनका लागी सम्झौता भएको छ । यस प्रणाली अन्तगर्त बैंकका संस्थागत ग्राहकहरुले बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस तथा आइपीएसमा भुक्तानी कारोबारहरु गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गर्नुपर्ने हुन्छ र साधारण आवेदनको स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गरी बैंकबाट सो सेवा प्राप्त गर्न सकिनेछ । यसपछि भने ग्राहकका प्रयोगकर्ताहरु आफैले तोकिएको सीमा कारोबार भित्र कुनैपनि भुक्तानीहरु बैंकमा उपस्थित नभई नै गर्न सक्छन् । सो सीमा भन्दा बढीको कारोबार गर्न भने बैंकले थप चेक जाँचपछि प्रक्रिया अगाडी बढाउने व्यवस्था छ ।

राष्ट्रिय गौरवको सुनकोशी-मरिण ड्राइभर्सन आयोजनाको अवस्था (तस्वीरहरू)

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

बजेट सकारात्मक : निकासी पैठारी संघ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन

बेष्ट फाइनान्स एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपालपे कार्डमा आवद्ध

झापामा ‘नेक ब्लास्ट’ रोगले बोटमै सुक्यो धान

प्रतिक्रिया