कृषिमा विदेशी लगानीको विरोधमा ३७ संघसंगठनको प्रदर्शन

काठमाडौं : कृषिमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णयविरुद्ध कृषि तथा पशुपन्छीजन्य व्यवसाय सम्बन्धी ३७ संघसंगठनहरुले प्रदर्शन गरेका छन् । बुधबार कृषिमा विदेशी लगानी संघर्ष समितिले नयाँ बानेश्वरको एभरेष्ट होटल अगाडि सडकमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उल्लेखित सबै संघ, एसोसिएसन, संगठन र महासंघको एक्वेबद्धता जनाएका थियो । सभामा संयोजक शिवराम केसीले विदेशी लगानी आउनु भनेको देशको दुर्भाग्य भएको बताए ।
देशको अर्थतन्त्र खस्किनेका साथै स्वरोजगार भएका किसानहरू, उद्योगी व्यवसायीहरूको समेत रोजिरोटी खोसिने कुरा उल्लेख गरे । सबै एसोसिएसन तथा संघ महासंघका प्रतिनिधिहरूको एउटै आवाज थियो कि नेपालमा विदेशी लगानी भित्रिंदा समग्र किसान, उद्योगी व्यवसायी र अन्य धेरै क्षेत्रमा असर पर्ने, स्वदेशी उत्पादन प्रयोग नहुने, देशको अर्थ व्यवस्था धारासायी हुने, स्वरोजगार किसानहरु बेरोजगार हुने तथा अन्य धेरै कुराहरू उल्लेख गरिएको छ । साथै राजनितिक तालमेल नमिलेको समयमा समेत किन यसरी लुकाई छिपाई विदेशी लगानी ल्याउनु पर्ने हो ? भन्ने कुराको प्रश्न सबैले उठाएका थिए ।
पुस ५ को मन्त्रिपरिषद्को बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा अनुसूचि संशोधन गरी कृषिका प्राथमिक उत्पादन क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी गर्न सकिने व्यवस्था गरेको थियो । नेपाली भूमिहिन,सिमान्त, कृषि श्रमिक,महिला र साना किसानहरू, कृषि उपज, उत्पादक र उद्यमीलाई बिर्सेर कृषिमा विदेशी लगानी ल्याउने निर्णय किसान र उद्योगीमारा हुनुको साथै देशको हितविपरीत रहेको उनीहरूको धारणा छ । नेपाल अण्डा उत्पादक संघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल डेरी एशोसिएसन, केन्दीय पशुपन्छी पालन सहकारी संघ, केन्द्रिय कृषि विऊ तथा तरकारी सहकारी संघ लगायत ३७ संघसंगठन विरोधमा संलग्न छन् ।

नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

गभर्नर नियुक्ति प्रकरण : के प्रधानमन्त्री ओलीकै आडमा भट्टको राजीनामा स्वीकृत नगर…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

कपिलवस्तुमा एसियन थाई फुड्सको दोस्रो युनिट सञ्चालनमा, ‘प्रीति’, ‘टुपीएम’ सहित…

सुनको मूल्य बढ्यो

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया