लागु औषध ब्राउन सुगरसहित महतो पक्राउ

जनकपुरधाम : प्रहरीले सिरहाको चोहर्वाबाट लागू औषध ब्राउन सुगर नरहा गाउँपालिका-३ का १९ वर्षीय कृष्णकुमार महतोलाई पक्राउ गरेको छ ।
बुधवार प्रदेश प्रहरी २ प्रहरी र सिरहा गोलबजार इलाका प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोली चेकजाँच गर्दा १ ग्राम १३० मिलीग्राम ब्राउन सुगरसहित महतोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
महतोको साथबाट सेतो र रातो रंगको प्लास्टिकमा राखिराखेको अवस्थामा ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । सेतो र रातो रंगको प्लाष्टिकको पोकामा तयार पारिएको स-सानो पोका थान-१४, तौल गर्दा प्लाष्टिक सहित १ ग्राम १३० मिलिग्राम र प्लाष्टिक हटाएर तौल गर्दा ३२० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया