दुर्घटनामा एकको मृत्यु

इलाम : इलाम नगरपालिका-९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका-३ की २८ वर्षीया सञ्जु आचार्य रहेका छन् । इलामबाट झापातर्फ जाँदै गरेको को१८प ६९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना३ख २७३२ नम्बरको ट्रकले पछाडीबाट ठक्कर दिँदा आचार्यको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-१० का ४२ वर्षीय उमेश शाह र मृतक आचार्यको दुई वर्षीय बालक घाइते भएका छन् । घाइते दुबै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ट्रक चालक पाँचथर हिलिहाङ-७ का ३६ वर्षीय भवानीप्रसाद तिमल्सिना प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ । रासस

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

आजदेखि भद्रपुरमा ‘दोस्रो नगर युवा सम्मेलन’
_XUY13WTNDr_3ilo34xesd6taanmvwjcfbd0yddlbpzgawsevtu39pqtqozldlstzupd9dza_SpZiW2mLUv_iawe9p4oklzw8benam2ph96rlcn9cie57elmbkoqoa1a1bfnuslfbo3i4afn.jpeg)
किसानलाई माटो परीक्षण गर्न सिकाउँदै ‘पौवादुङमा’
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_GgX6jDiNfm_jnf7nz3trha8lbvlhbrp8k9utgy4j3dmewnknv3u8roq6xdzsi5r5v4wxgp0_KsZHMOC7wG_wgbd4wi6hpvlskruhdwpg9oqqub5j9kugcbx86tnpkkkkqxuauwmk4ja0tky.jpg)
सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

प्रतिक्रिया