टुचेलको पहिलो खेलमै चेल्सीको बराबरी

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वुल्भ्ससँग बराबरी खेलेको छ । बुधबार राती भएको खेलमा चेल्सीले वुल्भ्ससँग गोलरहित बराबरी खेलेको हो । वुल्भ्ससँग चेल्सीका नयाँ प्रशिक्षक थोमस टुचेलको पहिलो खेल थियो ।
पीएसजीबाट बर्खास्तीमा परेपछि स्टार्मफोर्ड ब्रिज आएका टुचेलले चेल्सीलाई पहिलो खेल नै जिताउन नसकेपछि उनको आलोचना हुन थालेको छ । आफ्ना लिजेन्ड फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेर टुचेललाई नयाँ प्रशिक्षक नियुक्त गरेको चेल्सीले उनीबाट धेरै आश गरेको छ ।
पीएसजीलाई पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुर्याएका टुचेल सफल प्रशिक्षक मानिन्छन् । बराबरीपछि चेल्सी २० खेलबाट ३० अंकसहित आठौँ स्थानमा छ । २३ अंकसहित वुल्भ्स भने १३ औँ स्थानमा छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया