अमेरिकी विदेशमन्त्रीको ‘चाइना थ्रेट’ पुरानो धुनको पुनरावृत्ति

बेइजिङ : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मङ्गलबार भारत भ्रमण सकेर श्रीलंका पुगेका छन्। पोम्पेओकाे भारत भ्रमणसँगै ‘चाइना थ्रेट’को चर्चा फेरि सुरू भएकाे छ । माइक पोम्पेओले आफ्नो एसिया भ्रमण ‘चाइना थ्रेट’ मा केन्द्रीत रहने बताएका थिए ।
भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री पोम्पेओले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । साथै भारत र अमेरिकाबीच दुई मुलुकका सेनाबीच सूचना आदानप्रदान सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको पनि भारतीय सञ्ञ्चार माध्महरूले जनाएका छन् ।
तर चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिनले पोम्पेओको भारत भ्रमण क्रममा गरिएको ‘चाइना थ्रेट’ को चर्चा पुरानो धुनको पुनरावृत्ति मात्र भएको बताएका छन् । पोम्पेओमा शीत युद्धको विचार पलाएको वा वैचारिक पूर्वाग्रह देखिएको पनि वाङ वनपिनले औंल्याए ।
अक्टोबर २७ मा आयोजित चीनको परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक रिपोर्टरको प्रश्नको जवाफमा प्रवक्ता वनपिनले पोम्पेओको चीनप्रति निन्दा गर्नु कुनै नयाँ कुरा नभएको पनि बताए । साथै प्रवक्ता वनपिनले ‘चाइना थ्रेट’को प्रसङ्गलाई बन्द गर्न तथा चीन र अन्य देशबीचको सम्बन्धमा बाधा तथा खलल नपुर्याउन तथा क्षेत्रीय शान्ति र स्थिरतालाई भंग गर्ने गल्ती नगर्न पनि आह्वान गरे ।

सुडानमा विद्रोही अर्धसैनिक समूहको आक्रमणमा ३२ जनाको मृत्यु
तीव्र हावाहुरीले उत्तर चीन प्रभावित : सयौँ उडान रद्द, पार्क र रेल सेवा स्थगित
चीनको नयाँ उपलब्धि : विश्वकै पहिलो मेडिकल उद्धार ड्रोन तयार

जब प्रेमीले सुटकेशभित्र हालेर ब्वाइज होस्टेलमा प्रेमिका ल्याए

दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बस्ने बिदेशी नागरिकलाई सजाय हुने

टर्कीएमा थप ९३ प्रदर्शनकारी विद्यार्थी रिहा

प्रतिक्रिया