इन्फ्रास्ट्रक्चरको आइपीओ भोलि बाँडफाँट : ५० कित्तासम्म सबैले पाउने, ६० कित्ताका लागि ‘लक्की ड्र' हुने

काठमाडौँ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर (आईपीओ) ५० कित्तासम्म आवेदन भर्ने सबैले पाउने भएका छन् । कम्पनीले बुधबार गरेको आईपीओको प्रि-अलोटमेन्टमा १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य रहेको उल्लेख छ ।
कुल आवेदकमध्ये ६ हजार २ सय ७६ जनाको आवेदन भने रितपूर्वक नभएको भन्दै रद्द भएको छ । १० देखि ५० कित्तासम्म आईपीओ माग गर्नेले माग बमोजिमनै सेयर पाउने जानकारी दिएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको सेयर भने ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकहरूमा गोलाप्रथाद्वारा बाँडफाँट गरिनेछ । आइपीओ बाँडफाँट शुक्रबार विहान १० बजे हुनेछ ।
कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । कम्पनीले ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया